© २०२३
काठमाडौं, असोज ५ – चाडपर्वको तयारी स्वरुप सरकार र यातायात व्यवसायीबीच भएको छलफलमा घटस्थापनाअघि नै बिग्रिएका सडकहरूको मर्मत सम्पन्न गर्न निर्देशन दिने निर्णय गरिएको छ। घटस्थापना यस वर्ष असोज १७ गते परेको छ।
छलफलमा अग्रिम टिकट बुकिङ तत्काल खोल्ने सहमति समेत भएको छ, जसले यात्रुहरूलाई सहज बनाउनेछ। यद्यपि, भाडा समायोजन भने छठपछि मात्रै गर्ने निर्णय भएको छ।
साथै, यात्राको सुरक्षा सुनिश्चित गर्न यान्त्रिक परीक्षण गरेर बसपार्कबाट गन्तव्यतर्फ जानुपर्ने व्यवस्था गर्नुपर्ने, यातायात सुधार सम्बन्धी सुझाव कार्यान्वयनका लागि निर्देशन दिने र यातायात व्यवस्थासँग सम्बन्धित अदालतको आदेश तथा फैसला कार्यान्वयनका लागि एक महिनाभित्र कार्ययोजना तयार गरी पेश गर्नुपर्ने निर्णयसमेत भएको छ