© २०२३
जनकपुरधाम, असोज ५ – मधेश प्रदेश सभाको अर्थ तथा योजना समितिको सभापतिमा जनमत पार्टीकी प्रदेश सांसद अनिताकुमारी साह निर्वाचित भएकी छन्। उनी शुक्रबार निर्विरोध निर्वाचित भएको प्रदेश सभा सचिवालयले घोषणा गरेको हो।
यसअघि, सो पदमा जनमत पार्टीकै प्रदेश सांसद सतिशकुमार सिंह थिए। सिंहले मुख्यमन्त्री पद सम्हालेपछि २५ जेठमा अर्थ तथा योजना समितिको सभापति पद रिक्त भएको थियो। प्रदेश सभाले असोज २ गते समितिको सभापति पदका लागि निर्वाचन तालिका सार्वजनिक गरेको थियो।