© २०२३
असोज ३ बर्दिया । बर्दिया जिल्लाको गुलरियास्थित जनमत पार्टीले आयोजना गरेको शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष, सांसद तथा पूर्व खानेपानीमन्त्री अब्दुल खान प्रमुख अतिथि रहेको उक्त कार्यक्रम समापन भएको हो । उक्त अभिनन्दन कार्यक्रममा बर्दिया जिल्लाका सबै विद्यालयका शिक्षक तथा शिक्षकहरुको उपस्थिति रहेको उपाध्यक्ष अब्दुल खानले पब्लिक सवाललाई जानकारी दिएका छन् ।
उनले भने मैले कार्यक्रम सम्बोधन गर्दै शिक्षक भनेको बालबालिकालाई पढाएर संसद र अन्य ठाउँमा पठाउने हो । तर, शिक्षकले के–कस्ता समस्या भोग्छन् भन्ने कुरा कसैले सोच्दैनन् । म पनि बर्दियाको बासिन्दा हुँ, यहीँ पढेको छु र आज सांसद भएर संसदमा छु । अनि मलाई लाग्यो कि हामीलाई ज्ञान शिक्षकले मात्र दिन्छन्, ब्रह्मा, विष्णु र महेश तपाईं नै हुनुहुन्छ किनभने आज संसदमा हामीले आफ्नो विचार राखेका छौं आज हामीले शिक्षकलाई सम्मान गर्ने अवसर पाएको छु । सो कार्यक्रमको अवसरमा उपस्थित सबै शिक्षकहरुलाई ट्रफीले सम्मान गरिएको थियो।