© २०२३
काठमाडौं — नेपालका युवा अलराउण्डर गुलसन झाले क्रिस गेल र शाहिद अफ्रिदीलाई पछि पार्दै नयाँ विश्व कीर्तिमान स्थापित गरेका छन्। आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा गुलसनले पाँच विकेट लिने साथै ५० रन बनाउँदै १८ वर्ष २१४ दिनको उमेरमा यो सफलता प्राप्त गरेका छन्। यसअघि, पाकिस्तानका अब्दुल रजाकले सन् २००० मा भारतविरुद्ध २० वर्ष ५० दिनको उमेरमा यो कीर्तिमान बनाएका थिए।
शाहिद अफ्रिदीले २००० मा इंग्ल्यान्डविरुद्ध २० वर्ष २४० दिनको उमेरमा र क्रिस गेलले २००३ मा अष्ट्रेलियाविरुद्ध २३ वर्ष २५३ दिनको उमेरमा यो सफलता हासिल गरेका थिए। गुलसन अब एकै खेलमा ५ विकेट र ५० रन बनाउने पहिलो खेलाडी बनेका छन् र ओडीआई इतिहासमा यो उपलब्धि प्राप्त गर्ने २४ औं खेलाडी हुन्।
नेपालले टस हारेर ब्याटिङ गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २२० रन बनाएको थियो। गुलसनले ३५ बलमा ५३ रन बनाए। ओमानले २२१ रनको लक्ष्य ४९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो। यद्यपि नेपाल १ विकेटले पराजित भयो, गुलसनलाई खेलको प्लेयर अफ द म्याच अवार्ड प्राप्त भयो।