© २०२३
काठमाडौं — संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार दिउँसो ३ नम्बर गेटमा गरिएको प्रदर्शनमा संलग्न व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
प्रारम्भिक छानबिनका क्रममा, पक्राउ परेका व्यक्तिहरू धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ता भएको खुलेको छ। उनीहरूलाई अहिले महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ।