© २०२३
एजेन्सी, ६ वैशाख । नेपालमा सर्वप्रथम विमान अवतरण गराउने भारतीय नागरिक दिलिप सिंह मजिठियाको निधन भएको छ । उनको १०४ वर्षमा बुधबार निधन भएको हो ।
सन् १९४९ मा काठमाडौंमा पहिलो विमान अवतरण गरेर सिंहले इतिहास रचेका थिए । उनले तत्कालीन गौचरणमा विमान अवतरण गरेका थिए ।
२७ जुलाई १९२० मा सिमलामा जन्मिएका सिंह दोस्रो विश्वयुद्धमा रिजर्भ पाइलटका रुपमा थिए । १८ मार्च १९४७ मा सेवानिवृत्त भएका सिंह गोरखपुर नजिकै सरदारनगरमा बस्दै आएका थिए ।