© २०२३
काठमाडौँ — जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको दोस्रो दिनको बैठक सुरु भएको छ।
पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बुधबार सुरु भएको बैठक साउन २७ देखि ३० गतेसम्म सम्पन्न केन्द्रीय समिति बैठकपछि पूर्णता पाएको कार्यकारिणी समितिको पहिलो बैठक हो। यो ३४ सदस्यीय समिति हो र बैठक शुक्रबार सम्पन्न हुने कार्यक्रम छ।
बैठकमा नेतृत्व र कार्यकारिणी समितिको जिम्मेवारी निर्धारण, केन्द्रीय विभागहरूको गठन, केन्द्रीय सचिवालय गठन, केन्द्रीय कार्यालय समिति गठन, प्रदेश स्तरीय अभियान परिचालन, अनुगमन र निरीक्षणका बिषयमा छलफल गरिनेछ।
त्यसैगरी, जसपा नेपालका हाल जारी अभियानको समीक्षा, प्रभावकारिता, पेसागत र भ्रातृ संगठनहरूको परिचालन, अनुगमन, निरीक्षण र समन्वय बैठकको मुख्य एजेन्डा रहेका छन्।
गत जेठमा जनकपुरमा सम्पन्न महाधिवेशनले पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई कार्यकारिणी समिति र केन्द्रीय समिति मनोनयन गर्ने जिम्मेवारी दिएको थियो।