© २०२३
असोज ३, २०८१ – संसदीय सुनुवाइ समितिले प्रस्तावित १६ राजदूतहरूको नाम अनुमोदन गरेको छ, तर १७ जना प्रस्तावितमध्ये श्रीलंकाका लागि प्रस्तावित रामकृष्ण भट्टराईको स्नातक तहको प्रमाणपत्र नभेटिएकोले उनको नामको निर्णय अर्को बैठकमा गर्नेछ।
जसपा नेपाल र रास्वपाले दक्षिण अफ्रिकाका लागि प्रस्तावित कपिलमान श्रेष्ठ, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना, इजरायलका लागि धनप्रसाद पण्डित, र भारतका लागि शंकर शर्मा लगायत ४ राजदूतको नाममा फरक मत राखेका छन्।