३ असोज, काठमाडौं – काठमाडौं महानगरपालिका–१ स्थित आनन्द भैरव मार्गमा ९ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। मकवानपुर हेटौंडा उपमहानगरपालिका–५ का ३५ वर्षीय सुरेश परियारको कोठाबाट चोरी भएको प्रहरीको भनाइ छ। सुरेश परियार हिमाल हस्पिटल नजिक डेरा गरेर बस्दै आएका थिए।
चोरले बुधबार साँझ कोही नभएको बेला ढोकाको ताला फोडी सुन, चाँदीका विभिन्न गरगहना र नगद ५० हजार रुपैयाँ गरी करिब ९ लाख २१ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेका हुन्। घटनास्थलबाट चोरहरु फरार रहेका छन् भने प्रहरीले उनीहरुको खोजी गरिरहेको जनाएको छ।
यस घटनामा संलग्न व्यक्तिहरु अझै फरार छन् र प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ।