© २०२३
काठमाडौं, ५ वैशाख । देशमा साना दलहरुको महत्व र शक्ति बढ्दै गएको छ । कसैको पनि बहुमत नआउनु र मध्यावधि चुनावमा जान निकै कठिन बाटो रहनुले पनि त्यस्ता दलहरुको शक्ति बढ्दै गएको हो ।
गठबन्धनको घटक नेकपा एसको १० सिट छ । तर, उसले यही सिटको बलमा प्रचण्ड र केपी शर्मा ओलीलाई तर्साइरहेको छ ।
ओली संसदमा दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष हुन् । तर, माधव नेपाल सातौं ठूलो दल नेकपा एसका अध्यक्ष हुन् । उनले झण्डै प्रचण्ड सरकार ढालिदिएका थिए ।
सुदूरपश्चिम प्रदेशको सरकार गठनमा दाबी गर्दै माधव नेपालले स्थिति नै उल्टाइदिए । नागरिक उन्मुक्ति पार्टीका सांसदलाई मुख्यमन्त्री बन्न रोकिदिए ।
माधव नेपालले अन्य प्रदेशमा पनि बार्गेनिङ गरिरहेका छन् । केन्द्रमा नेपाल प्रधानमन्त्रीको दाबेदार बनेका छन् । केन्द्र सरकारमा उनी निकै रणनीतिक चार्तुयता अपनाएर प्रधानमन्त्री बन्ने दाउमा छन् । उनले प्रचण्ड र ओलीलाई आच्छु आच्छु पारेका छन् ।