३ असोज, काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिब साढे १२ सय कर्मचारीको सरुवा गरेको छ। भदौको अन्तिम साता यता ६४६ नासु, खरिदार, ५३७ इन्जिनियरसहित शाखा अधिकृत, र ७० जना उपसचिवहरुको सरुवा भएको हो।
उपसचिव पदसम्मका निजामती कर्मचारीलाई एक मन्त्रालय वा कार्यालयबाट अर्को मन्त्रालय वा कार्यालयमा सरुवा गर्ने अधिकार मन्त्रालयसँग रहेको छ। कर्मचारीको सूची मन्त्रालयले बिहीबार राति सार्वजनिक गरेको छ।