© २०२३
काठमाडौं, ५ वैशाख । नेपाली फुटबलको सर्वोच्च निाकय एन्फाका उपाध्यक्ष लागूऔषध कारोबारी भएको खुलेको छ । लागूऔषध कारोबारी दावा लामा एन्फा उपाध्यक्ष बनेको तथ्य पत्ता लागेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पक्राउ गरेको छ ।
२०६४ साल जेठ २० गते दावालाई तत्कालीन पुनरावेदन अदालत पाटनले लागूऔषधको कारोबार गरेकोमा दोषी ठहर गरेर ५ वर्ष कैद सजाय सुनाएको थियो । अब उनी यही कैद भुक्तानी गर्न पक्राउ परेका हुन् । उनलाई फैसला सुनाएपनि प्रहरीले पक्राउ गरेको थिएन । शक्ति र प्रभावका बलमा उनले आफूलाई जोगाएका थिए ।