© २०२३
३ असोज, काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबै नागरिकको हकअधिकार सुनिश्चित गरेको बताएका छन्।
संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै देउवाले संविधानको संरक्षण गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वलाई मजबुत बनाउँदै मुलुकलाई आर्थिक समृद्धिको मार्गतर्फ अघि बढाउनुपर्नेमा जोड दिए।
उनले संविधानको सफल कार्यान्वयनसँगै देशको समुन्नतिलाई सुनिश्चित गर्न आजको दिन संकल्प लिने महत्त्वपूर्ण समय भएको उल्लेख गरे।