२ असोज, काठमाडौं – विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)को कार्यकारी निर्देशक पदका लागि ८ जनाले प्रतिस्पर्धा गर्नका लागि आवेदन दिएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रिक्त कार्यकारी निर्देशक पदका लागि योग्य ८ जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ।
मन्त्रालयका अनुसार, कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा एक उम्मेदवारलाई चयन गरिनेछ। सेजको कार्यकारी निर्देशक पदमा भुपेन्द्रप्रसाद अर्याल, रामप्रसाद पौडेल, कृष्णसिंह बस्नेत, नवराज सापकोटा, छत्रबहादुर कटुवाल, राजेन्द्र श्रेष्ठ, रामचन्द्र ढकाल र संजय कुमारले आवेदन दिएका छन्।
आवेदनको दायरा स्वीकृत गरिसकिएपछि, कार्ययोजना प्रस्तुत गर्ने र अन्तर्वार्ता लिने प्रक्रिया पछि तय गरिने भएको छ।