© २०२३
२ असोज २०८१, काठमाडौं — आईसीसी विश्वकप लिग २ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा राति पौने ९ बजेदेखि सुरु हुनेछ।
नेपालले त्रिकोणात्मक ओडीआई सिरिजको पहिलो खेलमा आयोजक क्यानडासँग ठूलो अन्तरले हार व्यहोरेको थियो। नेपालले लिग २ को सुरुआत कमजोर प्रदर्शनबाट गरेको छ, ७ महिना अघि घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिमा नेपालले ३ खेलमा हार बेहोरेको थियो। नामिबियासँग २ खेल र नेदरल्याण्ड्ससँग १ खेलमा पराजित भएको थियो।
क्यानडा भ्रमणको क्रममा नेपालले हारको शृङ्खला दोहोर्याएको छ, जुन जित्न अत्यन्तै आवश्यक छ। नेपाल लिग २ का पाँच खेलमध्ये ४ खेलमा हार भई २ अंकका साथ सातौं स्थानमा रहेको छ। आजको प्रतिस्पर्धी ओमान चार खेलबाट ३ अंक जोडेर नेपालभन्दा एक स्थान माथि छ। पछिल्ला पाँच खेलमा नेपाल ३ र ओमान २ खेलमा विजयी भएका छन्।
नेपालले ओडीआई सिरिजपछि क्यानडा र ओमानसँग टी-२० सिरिज पनि खेल्नेछ। सिरिज पूरा भएपछि नेपालले क्यानडा वा ए टोलीसँग थप दुई एकदिवसीय अभ्यास खेल खेल्ने सम्भावना छ। लिग २ का लागि अमेरिका जाने तयारीमा रहेको नेपालले अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी-२० आई दुवै सिरिज खेल्नेछ।
क्यानडा र अमेरिकामा हुने खेलका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ भने जगत टमटालाई कन्सल्टेन्ट कोचको रूपमा नियुक्त गरेको छ।