© २०२३
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति कटाक्ष गर्दै, उसले दावी गर्ने विकल्प र सुशासनको अवधारणा प्रस्ट भएको टिप्पणी गरेका छन्। पोखरेलले सहकारी प्रकरणलाई उल्लेख गर्दै सभापति रवि लामिछानेको भूमिका र व्यवस्थापन क्षमतामा प्रश्न उठाएका छन्।
पोखरेलले लामिछानेको नेतृत्वमा रहेको कम्पनीको सिइओले पैसा कहाँबाट आउँछ भन्ने कुरा नै नबुझी, मनमौजी ढंगले खर्च गरेको भन्दै आश्चर्य व्यक्त गरे। उनले सामाजिक सञ्जालमा लेख्दै भने, “विना लगानी सेयर होल्डर बन्दछ र सिइओले मनलाग्दी खर्च गर्छ। अनि, उसले त्यो काम आफ्नो दायित्व भित्र पर्दैन भन्ने दावी गर्नेहरूबाट कस्तो सुशासन आउने हो, प्रष्टै भयो।”
गोरखा मिडिया नेटवर्क प्रालिमा प्रबन्ध निर्देशक हुँदा, लामिछानेले रकमको स्रोतबारे जानकारी नभएको बताउँदै आएका छन्, जसलाई पोखरेलले व्यंग्यपूर्ण शैलीमा आलोचना गरेका हुन्।