© २०२३
काठमाडौं, १ असोज। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिन पदका लागि १३ जनाले आवेदन दिएका छन्। डिन पदका लागि आवेदन दिनेमा बहालवाला डिन, सहायक डिन, शिक्षण अस्पतालका निर्देशक र पूर्व निर्देशक समेत रहेका छन्।
प्राप्त जानकारी अनुसार, डिन पदका लागि प्रा.डा. अभिमन्यु झा, प्रा.डा. मोहनराज शर्मा, प्रा.डा. निरजु रञ्जित, प्रा.डा. रामचन्द्र अधिकारी, प्रा.डा. रमेशसिंह भण्डारी, प्रा.डा. दिनेश काफ्ले लगायतले आवेदन दिएका छन्। यस्तै, प्रा.डा. उत्तमकृष्ण श्रेष्ठ, प्रा.डा. मिथा राना र सहप्राध्यापक डा. ज्योतिबाबा श्रेष्ठले पनि आवेदन दिएका छन्।
समितिका अन्य सदस्यहरूमा प्रा.डा. सुवासप्रसाद आचार्य र प्रा.डा. योगेन्द्रमान शाक्य रहेका छन्। उनीहरूले नयाँ डिनका लागि उम्मेदवारहरूको मूल्यांकन र सिफारिस गर्ने जिम्मेवारी पाएका छन्।
हाल आईओएममा डिन पदमा प्रा.डा. दिव्या सिंह शाह कार्यरत छिन्, जसको कार्यकाल समाप्त भए पनि नयाँ नियुक्ति नभएसम्म जिम्मेवारीमा रहन भनिएको छ।