© २०२३
भदौ ३१ सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनतालाई विश्वास दिलाउन सके थोरै पैसाले पनि धेरै काम गर्न सकिने बताएका छन् ।मुख्यमन्त्री कँडेलले न्यावलखोला लवना खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले निर्माण गरेको नवनिर्मित खानेपानी आयोजनाको उद्घाटन गर्दै जनतालाई झुक्काएर होइन जनतालाई बुझाउन सकियो भने थोरै स्रोत र साधनले पनि धेरै विकास निर्माणको काम गर्न सकिने उल्लेख गरे । जनप्रतिनिधिले राम्रो काम गरे जनताले अरु केही वर्ष धैर्य गर्न सक्छन्, नेपालमा पनि केही हुन्छ र केही गर्न सकिन्छ हाम्रो भविष्य राम्रो छ भन्ने भावनाको विकास हुने कुरालाई जोड दिँदै मुख्यमन्त्रीले थपे यस्तो सकारात्मक सन्देश कर्णालीबाटै प्रवाह गर्नुपर्छ। र त्यो प्रवाह हुन्छ । उक्त आयोजनाबाट लेकवेशी नगरपालिका वडा नं. ७ लवनाका दुई सय ५३ घरधुरीका करिव एक हजार दुई सय चार जान शुद्ध पिउने पानीबाट लाभान्वित भएका छन् भने उक्त आयोजना एक करोड त्रियानब्बे लाख अन्ठानब्बे हजार तिन सय तीस रुपैयाँ एकतीस पैसा लागतमा निर्माण सम्पन्न भएको न्यवलखोला लवना खानेपानी तथा सरसफाइ योजनाका अध्यक्ष संगम घर्तिले जानकारी दिए ।