© २०२३
काठमाडौं, भदौ ३१, २०८१ – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सोमबार राति १२ बजेबाट संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेका छन्। राष्ट्रपति कार्यालयले जारी गरेको सूचनाअनुसार, उक्त समयबाट संसदको बजेट अधिवेशन समाप्त हुनेछ।
आइतबारको मन्त्रिपरिषद् बैठकले संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। सोमबारको प्रतिनिधिसभा बैठक यस अधिवेशनको अन्तिम बैठक हुनेछ। यस बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् भने सहकारी छानबिन संसदीय समितिले पनि आफ्नो प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।