© २०२३
काठमाडौं, ३१ भदौ २०८१ – सहकारी संस्थाको रकम अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन आजको प्रतिनिधि सभामा पेश गरिने छ।
संसद् सचिवालयले आजको बैठकमा सो प्रतिवेदन पेश गर्ने कार्यसूची सार्वजनिक गरेको छ। विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी संस्था बचत रकमको दुरुपयोग सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन्।
कार्यसूची अनुसार, ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबीन विशेष समितिका सभापति माननीय सभापति सूर्यबहादुर थापा क्षेत्रीले प्रतिवेदन–२०८१ पेश गर्नुहुनेछ’ भन्ने उल्लेख गरिएको छ।
आजको बैठकमा यस प्रतिवेदनको समीक्षा गरी आवश्यक कारबाही अघि बढाउने तयारी गरिएको छ।