© २०२३
३० भदौ, काठमाडौं – मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तुलाराम लुइँटेल भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन्। नागरिकता र सरकारी कागजात किर्ते गरी सामाजिक सुरक्षा भत्ता अनियमितता गरेको अभियोगमा विशेष अदालतले उनलाई ९ महिना कैद र जरिवाना तोकेको छ।
वडाध्यक्ष लुइँटेलले २०७५ सालमा आफ्नो श्रीमती भक्तकुमारीको नागरिकताको प्रतिलिपि किर्ते गरी सामाजिक सुरक्षा भत्ताबाट रकम वितरण गरेको ठहर विशेष अदालतले गरेको हो। अदालतले उनलाई भ्रष्टाचार निवारण ऐन २०६९ को दफा ९ र दफा १७ अन्तर्गत सजाय सुनाएको हो।
मेघदीप पोखरेल, जो स्थानीय एमाले नेता हुन्, पनि यसै मुद्दामा दोषी ठहर भएका छन्। उनले जेठी श्रीमती तुलसा देवीको नागरिकताको प्रतिलिपि फोटोकपीमा जन्ममिति परिवर्तन गरी ज्येष्ठ नागरिक भत्ता पाउन लाभग्राही सूचीमा नाम प्रविष्ट गराएका थिए।
यस मुद्दामा कर्मचारीहरुलाई भने सफाइ दिइएको छ। कर्मचारी पक्षबाट अधिवक्ता लबन न्यौपाने र विनोदमणी भट्टराईले अदालतमा बहस गरेका थिए।
वडाध्यक्ष लुइँटेलले २०७५ सालको भदौमा तुलसा देवीलाई लाभग्राही सूचीमा प्रविष्ट गराई १ लाख ४४ हजार रुपैयाँ दिलाएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुइँटेल, मेघदीप पोख्रेल, र अन्य व्यक्तिहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।