© २०२३
३१ भदौ, काठमाडौं – अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फ्लोरिडामा गोली प्रहारको प्रयास भएको छ। एक व्यक्ति, ५८ वर्षीय र्यान वेल्सी, फ्लोरिडाको वेष्टपाम बीचमा रहेको गल्फ कोर्सको झाडीमा एके–४७ जस्तो देखिने हतियारसहित पक्राउ परेका छन्।
ट्रम्पमाथि यसअघि पनि गत असारमा पेन्सिल्भेनियामा भाषण गरिरहेको बेला गोली प्रहार भएको थियो। उक्त घटनामा उनको कानमा चोट लागेको थियो भने आक्रमणकारी सुरक्षा कारबाहीमा मारिएका थिए। केही समय आराम गरेपछि उनी पुनः चुनावी अभियानमा फर्केका थिए।
एफबीआईका अनुसार यो आक्रमण प्रयासलाई ट्रम्पको हत्या गर्ने षड्यन्त्रको रूपमा लिइएको छ। पक्राउ गरिएको क्षेत्रमा एक कालो गाडी, गोप्रो क्यामेरा, झोला, र आगो निभाउन प्रयोग हुने उपकरण पनि फेला परेको थियो।
अलजजिराले यो ट्रम्पमाथि दोस्रो हत्या प्रयास भएको बताएको छ, जसमा उनी सुरक्षित भएका छन्। ट्रम्पले आफ्ना समर्थकहरूलाई नडराउन आग्रह गर्दै आफूलाई रोक्न धेरै प्रयास भइरहेको तर संघर्ष नरोकिने बताएका छन्।
अमेरिकी राष्ट्रपति निर्वाचनकी अर्की उम्मेदवार कमला ह्यारिसले ट्रम्प सुरक्षित रहनुमा खुसी व्यक्त गर्दै, अमेरिकामा हिंसाको कुनै स्थान नभएको बताएकी छन्।