© २०२३
३० भदौ, कास्की। पारा ओलम्पिक २०२४ मा ऐतिहासिक पदक जितेकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले नगदसहित सम्मान गरेका छन्। गोवर्धनले ५७ केजी तौलसमूहमा कास्य पदक जितेर नेपाललाई पारा ओलम्पिकमा पहिलो पटक पदक दिलाएकी हुन्।
सम्मान कार्यक्रममा गण्डकी प्रदेशले पलेसालाई रु १ लाख ५० हजार, पोखरा महानगरपालिकाले रु २ लाख २२ हजार, र नेपाल तेक्वान्दो सङ्घ कास्कीले रु ५० हजार सहित सम्मानपत्र प्रदान गर्यो।