© २०२३
३० भदौ, काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ। सहकारीमा भएको अपचलनसम्बन्धी उजुरी दर्ता भएपछि सीआइबीले अनुसन्धान अघि बढाएको हो।
सीआइबीका प्रवक्ता होविन्द्र बोगटीले प्रमुखत: सहकारीका कर्मचारी र सञ्चालक समितिमाथि अनुसन्धान भइरहेको जानकारी दिए। सहकारीका अध्यक्ष कुम्भराज गुरुङले महाप्रबन्धक ज्योति गुरुङले १२ करोड ५० लाख ठगी गरेको आरोप लगाउँदै उजुरी दर्ता गराएका थिए।