© २०२३
३० भदौ, काठमाडौं। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सभापतिमा एमाले र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुने भएको छ। सभापतिको रिक्त पदका लागि एमालेबाट तुलसा कुमारी दाहाल र एकीकृत समाजवादीबाट जयन्ती देवी राई उम्मेदवार बनेका छन्।
दाहालको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढंगाना र एमालेकी भगवती न्यौपाने छन् भने, राईको प्रस्तावकमा एकीकृत समाजवादीका बेदुराम भुसाल र माओवादी केन्द्रका सुरेश कुमार आलेमगर छन्।
यसैबीच, माओवादी केन्द्रका मायाप्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिका लागि एकल उम्मेदवारी दिएका छन्।