© २०२३
३० भदौ, काठमाडौं। नेकपा माओवादी केन्द्रले सभामुख देवराज घिमिरेलाई एकपक्षीय निर्णय नगर्न आग्रह गरेको छ। आइतबार नयाँ बानेश्वरमा सभामुखसँगको भेटघाटमा माओवादी नेताहरूले यो अनुरोध गरेका हुन्।
सभामुखले आइतबार बिहान प्रतिनिधि सभामा जारी अवरोधबारे छलफल गर्न विभिन्न दलहरूको बैठक राखेका थिए। बैठकले ठोस निष्कर्ष ननिकालेपछि माओवादी नेताहरू आन्तरिक छलफलमा जुटेका थिए।
बैठकमा सभामुखले ‘माओवादी हिंसा’ शब्द असंसदीय नरहेको बताएपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले असहमति जनाएका थिए। माओवादीले यो शब्द नहटाएसम्म संसद अवरोध कायम राख्ने निर्णय गरेको छ।
यो निर्णय सभामुखलाई जानकारी दिन माओवादी नेताहरू वर्षमान पुन, जनार्दन शर्मा, देवेन्द्र पौडेल, शक्ति बस्नेत, र हितराज पाण्डे पुगेका थिए।