© २०२३
आइतबार, भदौ ३०, २०८१ – संसदीय सुनुवाइ समितिको बैठक अन्तिम समयमा स्थगित भएको छ। आइतबारका लागि निर्धारित बैठकमा विभिन्न देशका लागि सिफारिस भएका राजदूतहरूको बारेमा निर्णय गरिने कार्यसूची थियो।
समितिका सभापति इश्वरी न्यौपानेले बैठक स्थगित हुने कारण स्पष्ट गर्दै भनिन्, “समिति सदस्यहरूले छलफलको लागि समय मागेका छन्। म पनि सहकारी छानबिन समितिमा व्यस्त भएकोले बैठक स्थगित गरिएको हो। प्रतिवेदन लेखन कार्य रातको ११ बजेसम्म चलिरहेको थियो।”