© २०२३
३० भदौ, काठमाडौं – प्रतिनिधि सभाको अवरोध खुलाउने प्रयासमा प्रमुख राजनीतिक दलहरूबीच छलफल जारी छ। सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकहरू उपस्थित रहेर छलफल गरिरहेका छन्।
यसअघि, नेकपा एमालेका सांसद योगेश भट्टराईले भदौ १२ गते संसदमा ‘माओवादी हिंसा’ शब्द प्रयोग गरेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आपत्ति जनाएका थिए।
सभामुख घिमिरेले संसद सचिवालयलाई उक्त विषय अध्ययन गर्न भनेपछि भदौ २६ गतेको बैठकमा उनले भट्टराईद्वारा प्रयोग गरिएको ‘हिंसा’ शब्द असंसदीय नरहेको निर्णय सुनाएका थिए।
माओवादी केन्द्रले उक्त निर्णयमा असहमति जनाउँदै संसद अवरोध गरेको छ। माओवादीले ‘हिंसा’ शब्दलाई संसदको रेकर्डबाट हटाउन माग गर्दै आएको छ, जसका कारण संसद पुनः सुचारु गर्न छलफल जारी छ।