© २०२३
बाँके, ३० भदौ – उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एवं पूर्व खानेपानी मन्त्री, साथै जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन आइतबार बिहान बर्दिया आइपुगेका छन्।
जनमत पार्टीका उपाध्यक्ष खान बर्दियाको गुलरीयामा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी हुन पुगेको जानकारी उनका स्वकीय सचिव इन्जिनियर अतिउल्लाह मुसलमानले दिएका छन्।
उक्त प्रशिक्षण कार्यक्रममा प्रदेशस्तरका केन्द्रीय सदस्य, प्रदेश समिति पदाधिकारी तथा सदस्य, जिल्ला संयोजक र सम्बद्ध सदस्यहरूको सहभागिता रहनेछ। कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलगायतले प्रशिक्षण दिने योजना रहेको पार्टीले जनाएको छ।