तुलसीमा एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल, एन्टिभाइरल, र एन्टिफंगल गुण पाइन्छ, जसले शरीरलाई रोगप्रतिरोधी शक्ति दिन मद्दत गर्छ। नियमित तुलसीको सेवनले शरीरमा हुने विभिन्न प्रकारका संक्रमणहरू, विशेषगरी रुघाखोकी, ज्वरो, र श्वासप्रश्वाससम्बन्धी समस्या नियन्त्रणमा राख्न मद्दत गर्दछ।
यस्तै, तुलसीले पाचन प्रणालीलाई सुदृढ बनाउने मान्यता छ। पेटसम्बन्धी समस्याहरू, अपच, ग्यास्ट्रिक आदिको समस्या भएकाहरूले तुलसीको पात चबाउनु फाइदाजनक मानिन्छ। यसले शरीरको मेटाबोलिज्मलाई पनि सुधार गर्न मद्दत पुर्याउँछ।
तुलसीको अर्क एक प्रमुख फाइदा भनेको तनाव कम गर्नु हो। तुलसीमा हुने प्राकृतिक तत्वहरूले मानसिक तनाव र चिन्ता कम गर्न सहयोग गर्छ। यसको नियमित सेवनले शरीरमा कोर्तिसोलको स्तर घटाउन मद्दत गर्दछ, जसले मन र मस्तिष्कलाई शान्त बनाउँछ।
स्वास्थ्य विशेषज्ञहरूको सुझावमा तुलसीको नियमित सेवनले शरीरलाई तन्दुरुस्त र रोगमुक्त राख्न महत्वपूर्ण भूमिका खेल्न सक्छ। आधुनिक औषधिहरूसँगै, आयुर्वेदिक दृष्टिकोणबाट तुलसीको प्रयोगले लामो समयसम्मको स्वास्थ्य फाइदा दिने देखिएको छ।