२९ भदौ, काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नियमित पाँच वर्ष खेल्ने नेपाली क्रिकेटरहरूले काठमाडौं बाहिर आफ्नै घर बनाउन सक्ने आर्थिक क्षमता हासिल गर्न सक्ने बताएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को मार्की प्लेयर लक्की ड्र कार्यक्रममा उनले नेपाली क्रिकेटरहरूको आर्थिक स्थिति बलियो हुँदै जाने कुरामा विश्वास व्यक्त गरे।
उनका अनुसार, क्यानले सेन्ट्रल कन्ट्र्याक्ट सिस्टम लागू गरेको र एनपीएल जस्ता प्रतियोगिताहरूले खेलाडीलाई आर्थिक बल पुगेको छ।