© २०२३
काठमाडौं, ३ वैशाख । सहकारी ठगी प्रकरणमा सर्वाधिक खोजीको सूचीमा रहेका जीबी राईबारे प्रहरीले अनुसन्धान प्रतिवेदन नै बनाएको छ । कुनैबेला अहिलेका गृहमन्त्री रवि लामिछानेका व्यवसायिक साझेदार थिए जीबी राई । अहिले रवि शक्तिशाली उपप्रधान तथा गृहमन्त्री छन् सरकारमा । तर, उनकै साथी राई फरार छन् ।
जीबी राईमाथि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा प्रहरीले अनुसन्धान गरी सहकारीको बचत हिनामिनासम्बन्धी अनुसन्धानको प्रतिवेदन बुझाएको छ । शुक्रबार बुझाइएको प्रतिवेदनमा राईले सुप्रिम बचत तथा ऋण सहकारीको बचत हिनामिना गरेको विषय उल्लेख गरिएको बुझिएको छ ।
राईसहित २८ जनालाई प्रतिवेदन बुझाइएको प्रतिवेदनमा १ अर्ब २ करोड बिगो मागदाबी भराउनुपर्ने राय दिइएको छ । यो प्रकरणमा उक्त सहकारीका अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्वउपराष्ट्रपति नन्दबहादुरका छोरा दीपेश पुनलगायमाथि कारबाहीको राय दिइएको छ ।
सहकारी ठगी प्रकरणमा दुई हजारभन्दा बढी पीडित छन् । यो प्रकरणका मुख्य अभियुक्त जीबी राई देशभित्र छैनन् । उनी मलेशियामा लुकेर बसेको तथ्यहरु सार्वजनिक भइरहेका छन् ।
इन्टरपोलमा रेड कर्नर नोतिश नै जारी भएका राईलाई एउटा गिरोहले लुकाएको विषय पनि बाहिर आइरहेको छ ।