© २०२३
काठमाडौं, ३ वैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी रित्तिदै गएको छ । केही समय अघि महेन्द्र राय यादवले पार्टी छाडेर माओवादीमा लागेपछि हलचल नै आयो उत्त दलमा । अहिले आएर बाबुरामकै विश्वासपात्र मानिएका विश्वदीप पाण्डेले पार्टी छाडेका छन् ।
पाण्डे बाबुरामको स्वकीय सचिव समेत रहिसके । दुःख सुखमा बाबुरामलाई साथ दिदै आए । तर, उनले अहिले आएर बाबुरामलाई छाडिदिएका छन् ।
पाण्डे नेकपा माओवादी केन्द्रमा जोडिएका छन् । उनले सोमबार विहान आफूले नेपाल समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका थिए । त्यसपछि प्रचण्डलाई बालुवाटारमा भेटी माओवादी प्रवेशको घोषणा गरे ।
विश्वदीपले सामाजिक सञ्जालमार्फत् केही वर्ष उतारचढाव, भोगाई र अनुभूतिसँगै नेकपा माओवादी केन्द्रमै फर्किएको घोषणा गरेका छन् । उनले वामपन्थी शक्तिबीचको एकतामा समेत जोड दिएका छन् ।