नेपाल पत्रकार महासंघको निर्वाचनको मिति घोषणा भएको छ। महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै १२ असोजमा सबै तहका निर्वाचन एकै दिन गर्ने निर्णय गरिएको जानकारी दिएका छन्।
विष्टले निर्वाचन समितिले शनिबार निर्वाचन कार्यतालिका र मतदाता सूची सार्वजनिक गर्ने बताएका छन्। यसअघि ५ असोजमा चुनाव गर्ने योजना बनाइएको थियो, तर अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएपछि मिति संशोधन गरिएको हो। महासंघको नेतृत्वमा कार्यवाहक अध्यक्ष रमेश विष्ट नियुक्त भएका छन्।