© २०२३
काठमाडौं, भदौ २८ — राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका प्रमुख महिला चिकित्सकहरूलाई सम्मानित गरेका छन्। नेपाल चिकित्सक संघद्वारा आयोजित ‘वुमेन इन मेडिसिन इन नेपाल २०२४’ समारोह शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा सम्पन्न भएको हो।
यस अवसरमा, राष्ट्रपति पौडेलले ‘वुमेन इन मेडिसिन इन नेपाल’ अवार्ड अन्तर्गत डा. रीता गुरुङ, डा. शान्तकुमारी सापकोटा, डा. हीरा तुलाधर, डा. गीता सायमी र डा. कल्पना सुवेदी उपाध्यायलाई सम्मानित गरे।
त्यस्तै, ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्राप्त गर्नेमा डा. सुनिता आचार्य, डा. सुधा खकुरेल, डा. विमला लाखे, डा. मालती त्रिपाठी र डा. अम्बिका श्रेष्ठ रहेका छन्।
उनीहरूलाई राष्ट्रपति पौडेलले दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका छन्। सो कार्यक्रमको अध्यक्षता नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले गरेका थिए।