© २०२३
२८ भदौ, काठमाडौं – सहकारी संस्थामा बचत रकम दुरुपयोगको विषयमा संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ।
समिति सभापति सूर्य थापाले शुक्रवार अपराह्न ४ बजे गृहमन्त्री रमेश लेखकसँग छलफल गर्दै प्रतिवेदनलाई अंतिम रूप दिने जानकारी दिएका छन्।
गृहमन्त्री लेखक, गृह सचिव, र प्रहरी प्रमुखलाई समितिमा आमन्त्रित गरेर छलफल गर्न लागिएको छ।
समितिले सहकारी ठगीका फरार प्रतिवादीहरूलाई स्वदेश झिकाउने प्रगतिबारे पनि ब्रिफिङ लिनेछ र आवश्यक निर्देशन दिनेछ।
प्रतिवेदन तयार गर्नका लागि समितिले १५ भदौमा प्रतिनिधि सभा बैठकमा सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो।