© २०२३
२८ भदौ, काठमाडौं – सरकारले संघीय संसदको चालू वर्षे अधिवेशन अन्त्यको तयारी सुरु गरेको छ। आगामी मन्त्रिपरिषदको बैठकबाट संसद अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपति समक्ष पेश गर्ने तयारी भइरहेको छ।
भदौ ३१ गते प्रधानमन्त्री प्रतिनिधि सभामा सम्बोधन गर्नेछन्, र सोही दिन राती संसदको चालू अधिवेशन पनि अन्त्य हुने सम्भावना छ, एक मन्त्रीले जानकारी दिए।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदको चालू अधिवेशन अन्त्यबारे छलफल भइरहेको जानकारी दिँदै, “अब धेरै लामो समय जाँदैन” भने।
चालू वर्षे अधिवेशन गत वैशाख २८ गतेबाट सुरु भएको थियो। यस अधिवेशनमा बजेट र केही महत्त्वपूर्ण विधेयकहरू पारित भएका छन्। विशेषत: संक्रमणकालीन न्याय सम्बन्धी विधेयक र लगानी सहजीकरण सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेका विधेयकहरू यस अधिवेशनमा पास भएका छन्।