© २०२३
काठमाडौं, २७ भदौ। भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का प्रमुख सिताराम येचुरीको बिहीबार निधन भएको खबर प्राप्त भएको छ। ७२ वर्षीय येचुरीको स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचार चलिरहेको थियो।
उनी १९ अगस्टमा अत्यधिक ज्वरोका कारण दिल्लीको एम्स अस्पतालमा भर्ना भएका थिए। २५ दिनको उपचारपछि उनको निधन भएको जानकारी गरिएको छ।
येचुरीका परिवारमा उनकी पत्नी, एक छोरा र एक छोरी रहेका छन्। उनका छोरा २०२१ मा कोभिड-१९ का कारण निधन भएका थिए। सिताराम येचुरी सन् २०१५ मा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव बनेका थिए र उनले तीन पटक महासचिवको पद सम्हालेका छन्।