© २०२३
काठमाडौँ, २७ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले राजर्षिजनक विश्वविद्यालयलाई विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न विशेष आग्रह गर्नुभएको छ।
आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको विश्वविद्यालयको आठौँ साधारणसभा बैठकमा प्रधानमन्त्री ओलीले जनशक्ति तयारीका लागि देखिएका समस्याहरूको समाधानमा संयुक्त प्रयासको आवश्यकता रहेकोमा जोड दिनुभयो।
प्रधानमन्त्रीले जनकपुरको गौरवपूर्ण इतिहास र पृष्ठभूमिलाई ध्यानमा राख्दै विश्वविद्यालयलाई पाठ्यक्रम तयार गर्दा पूर्वीय दर्शन, नेपाली दर्शन र यहाँका सांस्कृतिक वैभवका विषयमा ध्यान दिन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “नेपालको आफ्नै पौराणिकता छ, र यसको गौरव पनि। विश्वका कतिपय मुलुक अस्तित्वमै नआएका बेला हाम्रा पुर्खाहरु ज्ञान र विज्ञानको शास्त्रार्थ गर्दै थिए। यस भूभागले विश्वलाई प्रेरणा दिएको छ।”
बैठकमा विश्वविद्यालयका सहकुलपति, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, सहकुलपति एवं मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, र राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौडेल अधिकारी लगायतका प्रमुख व्यक्तिहरू सहभागी हुनु भएको थियो।
प्रधानमन्त्रीको यो आग्रहले विश्वविद्यालयलाई उच्चस्तरीय शिक्षामा योगदान पुर्याउन र जनशक्तिको विकासमा सघाउन प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।