© २०२३
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ। यस बैठकमा ओलीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित छन्।
प्रारम्भिक रूपमा, प्रचण्ड र ओलीबीच करिब आधा घण्टा छलफल भएको थियो, पछि कांग्रेस सभापति देउवा पनि बैठकमा सहभागी भए।
प्रधानमन्त्री ओलीले संवैधानिक परिषदको बैठक अगाडि तीन नेताबीच समझदारी जुटाउनका लागि यो बैठक आह्वान गरेको जनाइएको छ।