© २०२३
प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंका अनुसार, प्रधानमन्त्री ओलीले आफ्नो आगामी अमेरिका भ्रमणबारे संसदलाई जानकारी दिन सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री ओली ४ असोजमा राष्ट्र संघको महासभामा भाग लिन अमेरिका जाने तयारीमा छन्। महासभालाई सम्बोधन गर्ने उद्देश्यसहित उनी ४ असोजमा अमेरिका प्रस्थान गर्दैछन्।