© २०२३
कर्णाली राजमार्ग पुनः पहिरोका कारण अवरुद्ध भएको छ। बुधबार राति परेको अविरल वर्षाले कालीकोटको शुभकालिका गाउँपालिका–१ अन्तर्गत गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्ण रूपमा अवरुद्ध भएको हो, जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिएका छन्।
निरन्तर पहिरो खसिरहेका कारण राजमार्गमा आवागमन कठिन भएको छ। सडक डिभिजन कार्यालयले यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न अनुरोध गरेको छ। भारी वर्षाका कारण पहिरो पन्छाउन समस्या भइरहेको र सवारीसाधनसहित यात्रुहरू अलपत्र परेको प्रहरीले जनाएको छ।