© २०२३
आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। बुधबार प्रतितोला १ हजार रूपैयाँले बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ बिहीबार १०० रूपैयाँले घटेर प्रतितोला १ लाख ५३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुनको मूल्य १ लाख ५३ हजार ४ सय रूपैयाँ रहेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।
यता, चाँदीको मूल्य भने बिहीबार प्रतितोला १ हजार ७९५ रूपैयाँमा किनबेच भइरहेको छ, जसमा अघिल्लो दिनको तुलनामा १५ रूपैयाँले वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २५१८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।