© २०२३
सम्पदा घिमिरेले ‘मिस युनिभर्स नेपाल २०२४’ को उपाधि जितेकी छिन्। बुधबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा घिमिरे विजयी बनेकी हुन्। उनलाई ग्लोबल ग्ल्यामरकी प्रमुख संगीता पुरीले ताज पहिर्याइन्।
सम्पदा अब मेक्सिकोमा आयोजना हुने मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
यस वर्षको प्रतिस्पर्धामा स्मृति सिंह फर्स्ट रनरअप, अक्षिता क्षेत्री सेकेन्ड रनरअप, क्यारिन मुर्रे थर्ड रनरअप, र सुजल बम फोर्थ रनरअप बनेका छन्।