© २०२३
नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले हवाई यात्रु र उनीहरूका आफन्तहरूलाई विमानस्थलमा खादामाला नल्याउन आग्रह गर्दै सूचना जारी गरेको छ।विमानस्थलमा प्रवेश गर्ने क्रममा परिवारका सदस्य र आफन्तहरूले यात्रुहरूलाई बिदाइ गर्न खादामाला लगाउने परम्परा रहेको भए पनि, कार्यालयले यसले विमानस्थलका सुरक्षा उपकरणमा गम्भीर क्षति पुर्याएको जनाएको छ।’खादामाला सुरक्षा जाँचका क्रममा एक्स-रे, कन्भेयर बेल्ट, र स्केलेटरमा अड्किने भएकाले उपकरणहरूमा क्षति पुर्याइरहेको छ, जसले विमानस्थलको सौन्दर्यतामा पनि नकारात्मक असर परेको छ,’ भनिएको छ।कार्यालयले यात्रुहरूलाई खादामाला झोलाभित्र राखेर लैजान सकिने सुझाव दिएको छ, तर सुरक्षा जाँचको समयमा लगाएर प्रयोग नगर्न अनुरोध गरेको छ।