© २०२३
२६ भदौ, विराटनगर – मोरङको बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर एक भारतीय वृद्ध दम्पतीको मृत्यु भएको छ। भारतको भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र ७२ वर्षीया कुमादेवी मण्डलको मृत्यु बुधबार भएको हो।
प्रहरीका अनुसार, कैलाश र कुमादेवी मण्डल स्थानीय देवनारायण चौधरीको फुसको छानो भएको घरमा भाडामा बस्दै खेतीपाती गर्दै थिए।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार, दम्पतीले विद्युत प्रवाह भइरहेको मोटर चलाउँदै गर्दा करेन्ट लागेर बिहान ११:५० बजे घटनास्थलमै मृत्यु भएको हो।