© २०२३
२६ भदौ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरको अमेरिकी दूतावासलाई पत्र लेख्ने प्रकरणमा सत्तारुढ दलहरुको कदम हेरिरहेको छ र त्यसअनुसार निर्णय गर्ने तयारीमा छ।
उपसभामुखले अमेरिकी दूतावासलाई असम्बन्धित व्यक्तिहरुको भिसा अन्तर्वार्ताको मिति मिलाइदिन आग्रह गर्दै १९ महिना पहिले पत्र लेखेकी थिइन्। यस घटनामा सत्तारुढ दलहरुले उपसभामुखको पदीय गरिमा प्रति प्रश्न उठाएका छन्। यसै सिलसिलामा रास्वपाले बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सचिवालय बैठक बोलाएको थियो।
सचिवालय बैठकले अहिले ‘पर्ख र हेर’ नीति अपनाउने निर्णय गरेको छ। रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले यस विषयमा भने, “सत्तारुढ दलहरुले के कदम चाल्छन् भन्ने प्रष्ट नभएकाले हामीले पनि औपचारिक निर्णय गर्नुभएको छैन। यो अहिले चर्चाको विषय मात्र हो, औपचारिक कदम चालिएको छैन र हामी छलफल गर्दैछौं।”
भिसा अन्तर्वार्ताका लागि पत्र लेख्नु गल्ती भए तापनि उक्त पत्र सम्बन्धित दफ्तरमा दर्ता नभएको र १८ महिनासम्म दबाएर राखेर अहिले राजनीतिक दाउपेचका लागि प्रयोग गर्न खोजिएको रास्वपाको बुझाइ छ। रास्वपाले यो विषयमा आवश्यक कदम चाल्नका लागि तयारी गरिरहेको र परिस्थितिको आधारमा आक्रामक प्रतिवाद गर्न तयार रहेको बताइएको छ।