© २०२३
विराटनगर, २६ भदौ – कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन सुरु गरेका छन्। मंगलबार, उनी अनसनबाट उठाएर प्रहरीले घरमा पु¥याइदिएका थिए, तर राति नै फर्किएर पुनः अनसनमा बसेका छन्।
कार्की अहिले विराटनगरस्थित अदालत जाने बाटोमा अनसन गर्दैछन्। आफू मुख्यमन्त्री रहँदा शुरु गरेको १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार योजनामा हालका मुख्यमन्त्री हिक्मत कार्कीले गराएको कटौतीको विरोध गर्दै उनले अनसन सुरु गरेका छन्।
प्रदेशसभा भवनको नजिक निषेधित क्षेत्र तोकिएका कारण उनलाई प्रहरीले नियन्त्रणमा लिई लाठीचार्ज समेत गरेको थियो। नियन्त्रणमा लिएर बुढीगंगा गाउँपालिका–२ स्थित उनको घरमा पु¥याइएपछि पनि पूर्वमुख्यमन्त्री कार्कीले अनसन जारी राख्ने निर्णय गरेका छन्।