© २०२३
 
                                    बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पहिलोपटक नाकको प्वालबाट दूरबिन प्रयोग गरी पिट्युटरी ग्रन्थीको ट्युमरको सफल शल्यक्रिया सम्पन्न भएको छ। पिट्युटरी ग्रन्थीमा रहेको मासुको डल्लो (ट्युमर) हटाउन गरिएको यो शल्यक्रिया निकै जटिल मानिन्छ।
शल्यक्रिया भेरी अस्पतालका न्यूरोसर्जन विशेषज्ञ डा. सुवोध गौतम र ईएनटी सर्जन डा. सगुन श्रेष्ठको नेतृत्वमा बर्दियाकी ५० वर्षीया सुप्नी थारुको भदौ १६ गते सम्पन्न भएको हो। सुप्नीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएकाले उनलाई छिट्टै डिस्चार्ज गरिनेछ।
पिट्युटरी ग्रन्थी दिमागको बीच भागमा रहेको हुन्छ, जसले शरीरका सबै ग्रन्थीलाई नियन्त्रण गर्छ। यसमा समस्या आएमा थाइरोइड, दृष्टि समस्या, महिनावारी गडबडी, र शरीरमा अस्वाभाविक परिवर्तनहरू देखापर्छन्।