© २०२३
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभामुख इन्दिरा रानाबारे पार्टीको धारणा बनाउन पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन्। बुधबार बिहान देउवाले आफ्नो निवास बूढानीलकण्ठमा बैठक आह्वान गरेका हुन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको बैठकमा उपसभामुख रानालाई पदबाट हटाउनेबारे चर्चा भएको थियो। देउवाले सोही विषयमा पार्टीका नेताहरूको विचार बुझ्न बैठक बोलाएको बताइएको छ।